नेपाल इन्स्योरेन्सको ५० हजार कित्ता संस्थापक शेयर विक्रीमा

नेपाल इन्स्योरेन्सको ५० हजार कित्ता संस्थापक शेयर विक्रीमा


बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल इन्स्योरेन्सको ५० हजार कित्ता संस्थापक शेयर बुधवारदेखि लिलामीमा आएको छ । कम्पनीले प्रुडेन्सियल क्यापिटल म्यानेजमेन्ट कम्पनी प्रालिको नाममा रहेको उक्त शेयर विक्रीका लागि ३५ दिने सुचना जारी गरेको हो ।

यो शेयरको न्यूनतम मूल्य प्रतिकित्ता रू. ४०० तोकिएको छ । तोकिएको मूल्य र अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरुले मात्र यो शेयर खरिदको लागि आवेदन दिन सक्नेछन् । पहिलो प्राथमिकता विद्यमान संस्थापक शेयरधनीहरुलाई दिनुपर्ने व्यवस्था बमोजिम कम्पनीले यो शेयर विक्री गर्न लागेको हो ।

तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरुबाट आवेदन नपरेमा भने अन्य व्यक्ति तथा संस्थाहरुमा यो शेयर विक्री गरिने जानकारी कम्पनीले दिएको छ । आवेदन कम्पनीको केन्द्रिय कार्यालय कमलादी, काठमाडौंमा बुझाउनुपर्नेछ ।