दोहोरो अंकको वृद्धि भएको नेप्सेमा कारोबार रकम साढे ६ अर्ब नाघ्यो

दोहोरो अंकको वृद्धि भएको नेप्सेमा कारोबार रकम साढे ६ अर्ब नाघ्यो


बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) मंगलबार दोहोरो अंकले वृद्धि भएको छ । मंगलबार नेप्से सूचकांकमा १९.२६ विन्दुले वृद्धि भएर दुई हजार आठ सय ९१ दशमबल ३० पुगेको छ । मंगलबार नेप्से शुन्य दशमलब ६७ प्रतिशतले बढेको छ । 

मंगलबार नेप्सेमा ६ अर्ब ५७ करोड ४८ लाख बराबरका शेयर खरिद विक्री हुँदा दुई वटा कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । विन नेपाल लघुवित्त र बुद्धभूमि नेपाल जलविद्युत कम्पनीको शेयरमूल्यमा आज सर्किट लेभलको वृद्धि भएको थियो । 

त्यस्तै कारोबार रकमको आधारमा आज सर्बाधिक कारोबार नेशनल हाइड्रो कम्पनीको भएको हो । आज नेशनल हाइड्रो कम्पनीको ३९ करोड बराबरको शेयर खरिद विक्री भएको नेप्सेले जनाएको छ ।