दोस्रो त्रैमासमा अधिकांश फाइनान्स कम्पनीको नाफा घट्यो, बेष्ट फाइनान्सको नाफा सबैभन्दा धेरै

दोस्रो त्रैमासमा अधिकांश फाइनान्स कम्पनीको नाफा घट्यो, बेष्ट फाइनान्सको नाफा सबैभन्दा धेरै


बैंकिङ्ग समाचार, काठमाडौं ।
चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा अधिकांश फाइनान्स कम्पनीहरुले नाफा घटेको विवरण सार्वजनिक गरेका छन् । गत आर्थिक वर्षको दोस्रो त्रैमासको तुलनामा १५ फाइनान्स कम्पनी मध्यमा ९ वटा फाइनान्स कम्पनीले आफ्नो नाफा घटेको विवरण सार्वजनिक गरेका हुन् । जसमा गोर्खाज फाइनान्सको नाफा सबैभन्दा धेरै ८८.६४ प्रतिशतले घटेको छ ।

सञ्चालनमा रहेकामध्ये केहि फाइनान्स कम्पनीको नाफामा भने उच्च दरको वृद्धि भएको हुनाले समग्र फाइनान्स कम्पनीहरुको नाफामा भने झण्डै १० प्रतिशतले वृद्धि भएको छ । तथ्याङंक अनुसार गत आर्थिक वर्षको यसै अवधिको तुलनामा फाइनान्स कम्पनीहरुको नाफा ९.७६ प्रतिशतले बढेको थियो ।

गत आर्थिक वर्षको दोस्रो त्रैमासमा घाटामा रहेका ३ फाइनान्स कम्पनी पनि यस वर्ष नाफामा पुगेका छन् । गत वर्ष घाटामा देखिएका बेष्ट फाइनान्स, जानकी फाइनान्स र नेपाल फाइनान्स नाफामा पुगेका हुन् ।

अधिकांश फाइनान्स कम्पनीहरुको अन्य सञ्चालन आम्दानी घट्दा उनीहरुको नाफामा नकारात्मक प्रभाव परेको देखिन्छ । नेपाल राष्ट्र बैंकले शेयर कारोबार जस्ता सर्ट टर्म ट्रेडिङमा कडाई गरेसँगै फाइनान्स कम्पनीहरुको त्यसबाट आउने आम्दानी घटेको हो,  जसको असर नाफामा देखिन्छ ।

चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा आइसिएफसि पmाइनान्स, मञ्जुश्री फाइनान्स, श्री इन्भेष्टमेन्ट फाइनान्स, सेन्ट्रल फाइनान्स, पोखरा फाइनान्स, गुह्वेश्वरी फाइनान्स, प्रोग्रेशिभ फाइनान्स, गोर्खाज फाइनान्स र समृद्धि फाइनान्सले नाफा घटेको वित्तीय विवरण प्रकाशित गरेका छन् ।

गत आर्थिक वर्षमा फाइनान्स कम्पनीहरुको नाफा उच्च दरले बढेको भए पनि चालु आर्थिक वर्षमा भने खस्कदै गएको छ ।

तर केहि फाइनान्स कम्पनीले भने राम्रो प्रगति गरेको वित्तीय विवरण प्रकाशित गरेका छन् । त्रैमासिक विवरण अनुसार दोस्रो त्रैमाससम्ममा बेष्ट फाइनान्सले सबैभन्दा धेरै नाफा कमाएको छ । गत आर्थिक वर्षको यसै अवधिमा १० करोड ३ लाख रुपैयाँ घाटामा रहेको कम्पनी चालु आर्थिक वर्षको सोही अवधिमा १४ करोड २ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।

त्यसैगरी धेरै नाफा कमाउने फाइनान्सको दोस्रो स्थानमा आइसिएफसि फाइनान्स रहेको छ । उसले यस अवधिमा ९ अर्ब २६ करोड रुपैयाँ नाफा कमाएको छ । तर गत वर्षको तुलनामा भने फाइनान्सको नाफा २४ प्रतिशतले घटेको छ  ।

यस अवधिमा मल्टिपर्पस फाइनान्सले सबैभन्दा थोरै ४६ लाख २८ हजार रुपैयाँ खुद नाफा कमाएको छ भने समृद्धि फाइनान्सले ६० लाख रुपैयाँ नाफा कमाएको छ ।

S.N

Company

Net Profit (Rs.in Crore)

Q2 – 2078/79

Q2 – 2077/78

Change( % )

1.

Nepal Finance

3.329

-0.390

952.82%

2.

Best Finance

14.021

-10.034

239.74%

3.

Reliance Finance

2.478

0.773

220.72%

4.

Janaki inance Finance

3.559

-3.305

207.70%

5.

Multipurpose Finance

0.463

0.287

61.54%

6.

Goodwill Finance

7.919

5.549

42.71%

7.

Progressive Finance

2.417

2.820

-14.32%

8.

Guhehswori Finance

2.867

3.474

-17.47%

9.

Central Finance

3.500

4.394

-20.34%

10.

Shree Investment Finance

4.620

5.916

-21.90%

11.

ICFC Finance

9.266

12.257

-24.41%

12.

Munjushree Finance

7.539

11.340

-33.52%

13.

Samriddi Finance

0.602

1.671

-63.95%

14.

Pokhara Finance

2.962

9.689

-69.43%

15.

Gurkhas Finance

1.936

17.036

-88.64%

                             Grand Total

67.477

61.476

9.76%