अजोड इन्स्योरेन्सको खुद बीमा शुल्क बढेसँगै नाफा पनि बढ्यो

अजोड इन्स्योरेन्सको खुद बीमा शुल्क बढेसँगै नाफा पनि बढ्यो


बैंकिङ्ग समाचार, काठमाडौं ।
अजोड इन्स्योरेन्स लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। वित्तीय विवरण अनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा इन्स्योरेन्सको खुद नाफा बढेको छ।

अजोड इन्स्योरेन्स लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म रू. ४ करोड ६३ लाख खुद नाफा गरेको छ । गत वर्ष यो अवधिसम्म कम्पनीले रू. ४ करोड ६ लाख यो नाफा गरेको थियो । गत वर्षभन्दा यस वर्ष कम्पनीको खुद नाफा १४ दशमलव शून्य ४ प्रतिशत बढेको हो । यस वर्ष कम्पनीले १५ दशमलव ७० प्रतिशत बढी आम्दानी गरेको छ भने १७ दशमलव ७२ प्रतिशत बढी खर्च गरेको छ ।

समीक्षा अवधिमा कम्पनीको खुद बीमाशुल्क पनि बढेको छ । गत आर्थिक वर्षको पुस मसान्तसम्ममा २० करोड ८६ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको यस इन्स्योरेन्सले चालु आर्थिक वर्षको सोही अवधिसम्ममा २२ करोड ७७ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । पुस मसान्तसम्ममा इन्स्योरेन्सले २ हजार ७३६ दाबीबापत ३५ करोड ८ लाख रुपैयाँ भुक्तानी गरेको छ भने ५ हजार ७४४ दाबीबापत १ अर्ब १६ करोड रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको छ ।

रू. ८ करोड ५५ लाख आम्दानी गरेको कम्पनीले रू. ३ करोड ९२ लाख खर्च गरेको हो । हाल कम्पनीको चुक्तापूँजी रू. १ अर्ब रहेको छ भने जगेडा कोष रकम रू. ११ करोड ८० लाख छ । गत वर्षको तुलनामा जगेडा कोष रकम ७७ दशमलव ९८ प्रतिशत बढेको हो । गत वर्ष यस अवधिसम्म कम्पनीको जगेडा कोष रकम रू. ६ करोड ६३ लाख थियो ।

कम्पनीको बीमा कोष रकम पनि गत वर्षभन्दा ६३ दशमलव ६० प्रतिशत बढेको छ । गत वर्ष रू. ८ करोड २७ लाख रहेको बीमा कोष रकम यस वर्ष रू. १३ करोड ५३ लाख पुगेको छ । गत वर्षभन्दा १६ दशमलव शून्य ९ प्रतिशत बढी कुल बीमाशुल्क आर्जन गरेको कम्पनीले गत वर्षभन्दा ६९ दशमलव शून्य ६ प्रतिशत कुल दाबी भुक्तानी गरेको छ । 

यस वर्ष कम्पनीले रू. ७९ करोड २१ लाख कुल दाबी भुक्तानी गरेकोमा रू. ३५ करोड ८ लाख कुल दाबी भुक्तानी गरेको हो । दोस्रो त्रैमाससम्म कम्पनीको प्रतिशेयर आम्दानी रू. ९ दशमलव २६ र प्रतिशेयर नेटवर्थ रू. १२६ दशमलव ४० रहेको छ ।