नेपाल बैंकले गर्यो ऋणपत्रको अर्धवार्षिक ब्याज भुक्तानी

नेपाल बैंकले गर्यो ऋणपत्रको अर्धवार्षिक ब्याज भुक्तानी


बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल बैंकले ८ दशमलव ५० प्रतिशत नेपाल बैंक ऋणपत्र २०८७ को अर्धवार्षिक ब्याज भुक्तानी गरेको छ । बैंकले पुस मसान्तसम्म कायम सम्पूर्ण ऋणपत्र धनीहरुको बैंक खातामै अर्धवार्षिक ब्याज जम्मा गरिएको जानकारी दिएको हो । हालसम्म आफ्नो ब्याज रकम खातामा प्राप्त नभएका ऋणपत्र धनीहरुले शेयर रजिष्ट्रार नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडमा सम्पर्क गर्न समेत बैंकले भनेको छ । 

ब्याज रकम बैंक खातामै जम्मा गरिने भएकाले बैंक खाता अद्यावधिक नगराएका ऋणपत्रधनीहरुले यथाशिघ्र अद्यावधिक गराउन बैंकले आग्रह गरेको छ । आफ्नो ऋणपत्र धितो राखेका ऋणपत्रधनीहरुको ब्याज रकम प्राप्त गर्नका लागि सम्बन्धीत बैंक तथा वित्तीय संस्थाहरुको स्वीकृति पत्र अनिवार्य पेश गर्नुपर्ने समेत बैंकले जानकारी दिएको छ ।