अरुण भ्याली हाइड्रोपावरको नाफा १०.१० प्रतिशतले बढ्यो, ईपीएस कति ?

अरुण भ्याली हाइड्रोपावरको नाफा १०.१० प्रतिशतले बढ्यो, ईपीएस कति ?


बैंकिङ्ग समाचार, काठमाडौं ।
अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको खुद नाफा बढेको छ ।

चालु आर्थिक वर्षको पहिलो ६ महिनासम्ममा कम्पनीले ७ करोड ४९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १०.१० प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ६ करोड ८० लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

कम्पनीको विद्युत बिक्री आम्दानीसँगै अन्य आम्दानी बढेपछि खुद नाफा बढ्न पुगेको हो । समीक्षा अवधिमा कम्पनीको विद्युत बिक्री आम्दानी २.११ प्रतिशत बढेको छ भने कुल आम्दानी १७.१० प्रतिशत बढेको छ। त्यसैगरी, कम्पनीको सञ्चालन मुनाफा १३.८६ प्रतिशत बढेको छ ।

खुद नाफा बढेपनि कम्पनीको प्रतिशेयर आम्दानी भने घटेको छ । समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी ४ रुपैयाँ ९७ पैसा घटेर ८ रुपैयाँ ६६ पैसामा झरेको छ । चुक्ता पूँजीको तुलनामा खुद नाफा बढाउन नसक्दा कम्पनीको यस्तो आम्दानी घट्न पुगेको हो । समीक्षा अवधिमा कम्पनीको चुक्ता पूँजी ७३.२५ प्रतिशत बढेको छ ।

गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको जगेडा कोष ६.३३ प्रतिशत घटेको छ । कम्पनीको मूल्य आम्दानी अनुपात ५७.८२ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १०७ रुपैयाँ ८२ पैसा रहेको छ ।