अरुण काबेलीको नाफा ९ प्रतिशतले बढ्यो, ६ महीनाको नाफा २० करोड बढी

अरुण काबेलीको नाफा ९ प्रतिशतले बढ्यो, ६ महीनाको नाफा २० करोड बढी


बैंकिङ्ग समाचार, काठमाडौं ।
अरुण काबेली पावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार कम्पनीको नाफासँगै अन्य सूचकमा पनि आकर्षक चमक देखिएको छ ।

समिक्षा अवधिसम्म आइपुग्दा कम्पनीले २० करोड २ लाख ८५ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । यो गत आर्थिक बर्षको यसै अवधिको तुलनामा ९.६३ प्रतिशत बढि हो । गत आर्थिक वर्षको यसै अवधिमा कम्पनीले १८ करोड २६ लाख ८६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

यसैगरी, पहिलो त्रैमाससम्म आइपुग्दा कम्पनीले बिजुली बेचेर ४५ करोड ६१ लाख ६९ हजार रूपैयाँ आम्दानी गरेको छ । गत आर्थिक वर्षको यसै अवधिसम्ममा कम्पनीले बिजुली बेचेर ३८ करोड ८५ लाख ७५ हजार रुपैयाँ आम्दानी गरेको थियो ।

समिक्षा अवधिमा कम्पनीको सञ्चालन मुनाफा बढेर ४२ करोड १६ लाख रूपैयाँ पुगेको छ । गत आर्थिक वर्षको यसै अवधिमा कम्पनीको सञ्चालन मुनाफा ३६ करोड रूपैयाँ रहेको थियो । 

त्यस्तै, कम्पनीको चुक्ता पूँजी १ अर्ब ८५ करोड ५२ लाख १० हजार रुपैयाँ र जगेडा कोषमा २० करोड ६२ लाख ४१ हजार रूपैयाँ रहेको छ । दोस्रो त्रैमासमा कम्पनीको प्रतिसेयर आम्दानी २१ रुपैयाँ ५९ पैसा पुगेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ पनि १११ रुपैयाँ १२ पैसा पुगेको छ । कम्पनीको मूल्य आम्दानी अनुपात २६.५८ गुणा रहेको छ ।