चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म चन्द्रागिरी हिल्स १ करोड ७५ लाख बढी नोक्सानीमा

चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म चन्द्रागिरी हिल्स १ करोड ७५ लाख बढी नोक्सानीमा


बैंकिङ्ग समाचार, काठमाडौं ।
चन्द्रागिरी हिल्स लिमिटेड चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म रू. १ करोड ७५ लाखभन्दा बढी खुद नोक्सानीमा रहेको छ । 

सोमवार सार्वजनिक कम्पनीको उक्त अवधिसम्मको वित्तीय विवरण अनुसार गत वर्षको तुलनामा खुद नोक्सानीमा कमी आएको हो । 

गत वर्ष यस अवधिसम्म कम्पनी रू. १२ करोड ३२ लाखभन्दा बढी खुद नोक्सानीमा थियो । यसवर्ष सञ्चालन आम्दानी ४०३ प्रतिशत बढेकाले कम्पनीको खुद नोक्सानीमा कमी आएको हो । 
गत वर्ष रू. ५ करोड १५ लाखभन्दा बढी केबलकार सञ्चालनबाट आम्दानी गरेको कम्पनीले यस वर्ष रू. २५ करोड ९२ लाखभन्दा बढी यो आम्दानी गरेको हो ।

हाल कम्पनीको चुक्तापूँजी रू. १ अर्ब ५३ करोड ४० लाख ९१ हजार छ । जगेडा कोष रकम भने रू. ४३ करोड ७५ लाखभन्दा बढी ऋणात्मक रहेको छ । गत वर्ष यस अवधिसम्म रू. २६ करोड २९ लाखभन्दा बढी यो रकम ऋणात्मक रहेको थियो । गत वर्षको तुलनामा यस वर्ष कम्पनीको जगेडा कोषको ऋणात्मक रकममा भने वृद्धि भएको छ । 

कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी रू. २ दशमलव २९ ऋणात्मक रहेको छ भने प्रतिशेयर नेटवर्थ रू. ७१ दशमलव ४८ रहेको छ ।