स्वरोजगार लघुवित्तको खुद नाफा ३६.२४ प्रतिशतले बढ्यो

स्वरोजगार लघुवित्तको खुद नाफा ३६.२४ प्रतिशतले बढ्यो


बैंकिङ्ग समाचार, काठमाडौं ।
स्वरोजगार लघुवित्तले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म रू. ९ करोड १ लाखभन्दा बढी खुद नाफा गरेको छ । गत वर्ष यस अवधिसम्म रू. ६ करोड ६१ लाखभन्दा बढी खुद नाफा गरेको कम्पनीले यस वर्ष ३६ दशमलव २४ प्रतिशत बढी यो नाफा गरेको हो । 

गत वर्ष यस अवधिसम्म रू. १० करोड ६७ लाखभन्दा बढी सञ्चालन घाटामा रहेको कम्पनीले यस वर्ष रू. १२ करोड ७४ लाखभन्दा बढी सञ्चालन नाफा गरेको छ । २५ प्रतिशत बोनस शेयर मार्फत चुक्तापूँजी बृद्धि गरी रू. ५१ करोड ४० लाख ९९ हजार पु¥याएको कम्पनीको जगेडा कोष रकम ५ दशमलव ७४ प्रतिशत बृद्धि भई रू. १८ करोड ३५ लाख कायम भएको छ । 

कम्पनीले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट ७९ दशमलव ६९ प्रतिशत बढी रू.३ अर्ब ५२ करोड कर्जा सापटी लिएको छ । यस वर्ष ३० दशमलव ७९ प्रतिशत बढी रू. २ अर्ब ९१ करोड निक्षेप संकलन गरेको कम्पनीले ४८ प्रतिशत बढी रू. ७ अर्ब ६ करोड कर्जा प्रवाह गरेको छ । गत वर्ष २ दशमलव ७९ प्रतिशत रहेको निष्क्रिय कर्जा यस वर्ष २ दशमलव ९२ प्रतिशत पुगेको छ । वार्षिक प्रतिशेयर आम्दानी रू. ३५ दशमलव शून्य ८ रहेको छ भने प्रतिशेयर नेटवर्थ रू. १३५ दशमलव ७० छ ।