निष्क्रिय कर्जा घटेसँगै साधना लघुवित्तको नाफामा उल्लेख्य बृद्धि

निष्क्रिय कर्जा घटेसँगै साधना लघुवित्तको नाफामा उल्लेख्य बृद्धि


बैंकिङ्ग समाचार, काठमाडौं ।
साधना लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्ष २०७८/७९ को दाेश्राे त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरण प्रकाशित गरेको छ । 

उक्त विवरण अनुसार चालु आर्थिक वर्षको दाेश्राे त्रैमाससम्म आइपुग्दा संस्थाले ७ करोड ५७ लाख ७४ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । यो नाफा रकम गत वर्षको सोही अवधिको तुलनामा ११५.९१ प्रतिशतले धेरै हाे । गत वर्षको यसै अवधिमा संस्थाले ३ करोड ५० लाख ९५ हजार रूपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

खुद ब्याज आम्दानी बढेसँगै निष्क्रिय कर्जा घटेपछि लघुवित्तको खुद नाफा उल्लेख्य बढ्न पुगेको हो । समिक्षा अवधिसम्म संस्थाकाे खुद व्याज आम्दानी पनि ६१.४६ प्रतिशतले बढेर १४ करोड ८८ लाख ५० हजार रूपैयाँ पुगेकाे छ । गत वर्षको यसै अवधिमा संस्थाकाे खुद व्याज आम्दानी ९ करोड २१ लाख ९१ हजार रूपैयाँ रहेकाे थियाे ।

दाेश्राे त्रैमाससम्म आइपुग्दा संस्थाको सञ्चालन मुनाफा पनि १०९.४४ प्रतिशतले बढेर १० करोड ४१ लाख ५६ हजार रूपैयाँ पुगेकाे छ । गत वर्ष संस्थाले ४ करोड ९७ लाख ३० हजार रूपैयाँ सञ्चालन मुनाफा गरेको थियो । 

त्यस्तै, संस्थाको चुक्ता पुँजी ३२ करोड १२ लाख २५ हजार रुपैयाँ र जगेडा कोषमा १३ करोड ६९ लाख २१ हजार रुपैयाँ सञ्चित रहेको छ । संस्थाकाे प्रतिसेयर आम्दानी ( ईपीएस) १४ रुपैयाँ ९५ पैसाले बढेर ४७ रुपैयाँ १८ पैसा पुगेको छ । संस्थाकाे प्रतिसेयर नेटवर्थ १४२ रुपैयाँ ६२ पैसा रहेकाे छ ।