साधना लघुवित्तको २५ प्रतिशत बोनस शेयर शेयरधनीहरुको हितग्राही खातामा जम्मा

साधना लघुवित्तको २५ प्रतिशत बोनस शेयर शेयरधनीहरुको हितग्राही खातामा जम्मा


बैंकिङ्ग समाचार, काठमाडौं ।
साधना लघुवित्त वित्तीय संस्था लिमिटेडले गत कात्तिक १३ गते पाँचौ वार्षिक साधारण सभाबाट पारित गरेको बोनस शेयर वितरण गरेको छ । कम्पनीले २५ प्रतिशत बोनस शेयर धितोपत्र दोस्रो बजारमा सूचीकृत गराएपश्चात सम्बन्धीत शेयरधनीहरुको हितग्राही खातामा जम्मा गरेको हो । कम्पनीका अनुसार माघ ६ गते धितोपत्र दोस्रो बजारमा सूचीकृत गराएको बोनस शेयर माघ ७ गतेदेखि शेयरधनीहरुको हितग्राही खातामा बोनस शेयर जम्मा गर्न सुरु गरिएको हो । 

कम्पनीले यस वर्ष बोनस शेयरसँगै कर प्रयोजनका लागि १ दशमलव ३२ प्रतिशत नगद लाभांश समेत दिएको छ । यसर्थ शेयरधनीहरुले बोनस शेयरमा लाग्ने कर तिर्नुपर्नेछैन् । लाभांश प्रयोजनका लागि कम्पनीले कात्तिक ३ गतेदेखि सभा हुने दिनसम्म बुक क्लोज गरेको थियो । यसर्थ कात्तिक २ गतेसम्म कायम शेयरधनीहरुले कम्पनीको लाभांश प्राप्त गरेका हुन् ।