दोस्रो त्रैमाससम्म सेन्ट्रल फाईनान्सले कमायो साढे ३ करोड नाफा

दोस्रो त्रैमाससम्म सेन्ट्रल फाईनान्सले कमायो साढे ३ करोड नाफा


बैंकिङ्ग समाचार, काठमाडौं । 
चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म सेन्ट्रल फाईनान्स लिमिटेडले रू. ३ करोड ५० लाखभन्दा बढी खुद नाफा गरेको छ । माघ १४ गते सार्वजनिक कम्पनीको उक्त अवधिसम्मको वित्तीय विवरण अनुसार गत वर्षभन्दा यस वर्ष खुद नाफा २० दशमलव ३४ प्रतिशत कम भएको हो । गत वर्ष यस अवधिसम्म कम्पनीले रू. ४ करोड ३९ लाखभन्दा बढी खुद नाफा गरेको थियो । 

यस वर्ष सञ्चालन नाफा १९ दशमलव ४२ प्रतिशत कम भएको छ । गत वर्ष रू. ६ करोड १५ लाखभन्दा बढी सञ्चालन नाफा गरेको कम्पनीले यस वर्ष रू. ४ करोड ९६ लाखभन्दा बढी यो नाफा गरेको हो । दोस्रो त्रैमाससम्म कम्पनीको वितरणयोग्य नाफा भने रू. १२ करोड ७९ लाख ४२ हजार छ । 

हाल कम्पनीको चुक्तापूँजी रू. ८८ करोड १० लाख ३५ हजार छ । यस वर्षका लागि पुस ३० गते पारित गरेको ७ दशमलव ७ प्रतिशत बोनस शेयरलाई कम्पनीले समायोजन गरेको छैन् । कम्पनीको शेयर प्रिमियम र रिटेन्ट अर्निग सहित जगेडा कोष रकम रू. ३५ करोड ८९ लाखभन्दा बढी छ । यस अवधिसम्म कम्पनीको शेयर प्रिमियममा रू. ४ लाखभन्दा बढी, रिटेन्ड अर्निगमा रू. १२ करोड ७९ लाखभन्दा बढी र जगेडा कोषमा रू. २३ करोडभन्दा बढी रहेको छ । गत असार मसान्तको तुलनामा पुस मसान्तसम्म कम्पनीको जगेडा कोष रकम १२ दशमलव ५३ प्रतिशतले बृद्धि भएको हो । 

असार मसान्तको तुलनामा ९ दशमलव २३ प्रतिशत बढी रू. ५ अर्ब ७६ करोड निक्षेप संकलन गरेको कम्पनीले १६ दशमलव ९२ प्रतिशत बढी रू. ४ अर्ब ८३ करोड कर्जा प्रवाह गरेको छ । गत वर्ष ३ दशमलव २२ प्रतिशत रहेको निष्क्रिय कर्जा यस वर्ष घटेर १ दशमलव ६१ प्रतिशतमा झरेको छ । वार्षिक प्रतिशेयर आम्दानी रू. ७ दशमलव ९५ रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ रू. १४० दशमलव ७५ छ ।