वोमी लघुवित्तको नाफामा उल्लेख्य सुधार हुँदा ६ रुपैयाँले बढ्यो इपिएस

वोमी लघुवित्तको नाफामा उल्लेख्य सुधार हुँदा ६ रुपैयाँले बढ्यो इपिएस


बैंकिङ्ग समाचार, काठमाडौं ।
वोमी लघुवित्त वित्तीय संस्थाले खुद नाफामा ६५ प्रतिशतको उत्कृष्ट सुधार गरेको छ ।

कम्पनीले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरण अनुसार लघुवित्तले ८ करोड ८७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आवको यही अवधिमा ५ करोड ३१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेकोमा ६५.०८ प्रतिशतले नाफा वृद्धि भएको हो ।

चुक्ता पूँजी ४९ करोड ३३ लाख ३३ हजार रुपैयाँ रहेको संस्थाको वार्षिक प्रतिसेयर आम्दानी ६.०७ रुपैयाँ बढेर ३५.४९ रुपैयाँ पुगेको छ । यस्तै जगेडा कोषको आकार पनि ११० प्रतिशतले बढेर ३० करोड ८६ लाख रुपैयाँ पुगेको छ ।

वित्तीय विवरणअनुसार संस्थाले पुससम्ममा २ अर्ब १४ करोड ६६ लाख रुपैयाँ निक्षेप संकलन तथा ३ अर्ब ६ करोड ९१ लाख रुपैयाँ बैंक तथा वित्तीय संस्थाबाट सापटी लिएर ५ अर्ब ६९ करोड १४ लाख रुपैयाँ कर्जा परिचालन गरेको छ । गत आवको यही अवधिमा संस्थाले १ अर्ब ४ करोड ४५ लाख रुपैयाँ निक्षेप संकलन तथा १ अर्ब ३० करोड ४० लाख रुपैयाँ सापटी गरी ३ अर्ब ७१ लाख रुपैयाँ कर्जा लगानी गरेको थियो ।

समीक्षा अवधिमा कम्पनीको खुद ब्याज आम्दानी भने ७७.४८ प्रतिशतले बढेर २० करोड ७४ लाख २४ हजार रुपैयाँ पुग्दा सञ्चालन मुनाफा पनि ६१.९४ प्रतिशतले बढेर १३ करोड ६५ लाख ७७ हजार रुपैयाँ पुगेको छ । गत आवको यसै अवधिमा खुद ब्याज आम्दानी ११ करोड ६८ लाख र सञ्चालन मुनाफा ८ करोड ४३ लाख रुपैयाँ थियो ।

लघुवित्तको खराब कर्जामा सुधार भई २.३३ प्रतिशत रहँदा प्रतिसेयर नेटवर्थ १६२.४४ रुपैयाँ, कस्ट अफ फण्ड ७.५५ प्रतिशत, मूल्य आम्दानी अनुपात (पीई रेसियो) ३७.७९ गुणा छ ।