अजोड इन्स्योरेन्सले डाक्यो साधारण सभा, माघ २४ मा बुकक्लोज

अजोड इन्स्योरेन्सले डाक्यो साधारण सभा, माघ २४ मा बुकक्लोज


बैंकिङ्ग समाचार, काठमाडौं ।
अजोड इन्स्योरेन्स लिमिटेडले फागुन ६ गते, युनाइटेड वल्ड ट्रेड सेन्टर, डिईसिसि, अमन हल तेस्रो तल्ला, त्रिपुरेश्वरमा चौथो वार्षिक साधारण सभा डाकेको छ ।

सो सभा भौतिक तथा अभौतिक माध्यमबाट एकैपटक शुरु हुनेछ । सभाले आर्थिक वर्ष २०७८/७९ का लागि वाह्य लेखापरीक्षक नियुक्त गर्ने, गत आर्थिक वर्षको वित्तीय विवरण छलफल गरी पारित गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ ।

साधारण सभा प्रयोजनार्थ इन्स्योरेन्सले माघ २४ गते शेयर दर्ता किताब बन्द (बुकक्लोज) गर्ने भएको छ । यस अनुसार माघ २३ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले इन्स्योरेन्सको साधारण सभामा सहभागिता जनाउन सक्नेछन् ।