एनएलजी इन्स्योरेन्सको १० प्रतिशत बोनस लाभांश प्रस्ताव

एनएलजी इन्स्योरेन्सको १० प्रतिशत बोनस लाभांश प्रस्ताव


बैंकिङ्ग समाचार, काठमाडौं ।
एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट कम्पनीका सेयरधनीहरूलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको छ ।

कम्पनीको माघ १३ गते विहिबार सम्पन्न सञ्चालक समितिको बैठकले चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनका लागि ०.५२ प्रतिशत नगद गरी कुल १०. ५२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

प्रस्तावित उक्त लाभांश नियामक निकाय बीमा समितिको स्वीकृति तथा कम्पनीको आगामी वार्षिक साधारण सभाबाट अनुमोदन भएपछि मात्र लगानीकर्ताले पाउनेछन् ।

अघिल्लो आर्थिक वर्ष २०७६/७७ बाट पनि कम्पनीले लगानीकर्तालाई १० प्रतिशत बोनस सेयर र कसर प्रयोजनका लागि ०.५२६३ नगद लाभांश वितरण गरेको थियो ।

हाल कम्पनीको चुक्ता पूँजी १ अर्ब २० करोड ६० लाख १३ हजार ५० रुपैयाँ रहेको छ । प्रस्तावित १२ करोड ६ लाख १ हजार ३०५ रुपैयाँ बोनस सेयर वितरणपछि इन्स्योरेन्सको चुक्ता पूँजी १ अर्ब ३२ करोड ६६ लाख १४८ हजार ३५५ रुपैयाँ पुग्नेछ । यस्तै कम्पनीको कर प्रयोजनका लागि ६३ लाख ४७ हजार ४३७ रुपैयाँ नगद लाभांश पनि वितरण गर्नेछ ।