लाभांश प्रस्ताव पारित गर्न जानकी फाइनान्सले डाक्यो साधारण सभा

लाभांश प्रस्ताव पारित गर्न जानकी फाइनान्सले डाक्यो साधारण सभा


बैंकिङ्ग समाचार, काठमाडौं ।
जानकी फाइनान्स लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश प्रस्ताव पारित गर्न साधारण सभा डाकेको छ ।

सभाले हाल कायम चुक्ता पूँजीको १५ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.७८९५ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको थियो । सोही प्रस्ताव पारित गर्न फागुन ७ गते, होटल मानकी इन्टरनेशनल प्रा.लि., शिवचौक, जनकपुरधाममा २५ औँ वार्षिक साधारण सभा बोलाएको छ। सो सभा बिहान १० बजेदेखि शुरु हुनेछ ।

सभाले लाभांश प्रस्तावका साथै प्रबन्धपत्र र नियमावली संशोधन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने, संस्थापकका तर्फबाट ३ जना तथा सर्वसाधारणका तर्फबाट २ जना गरी ५ जना सञ्चालक निर्वाचन गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ ।

साधारण सभा प्रयोजनार्थ फाइनान्सले माघ २४ गतेदेखि फागुन ६ गतेसम्म बुकक्लोज गर्ने भएको छ । यस अनुसार माघ २३ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले फाइनान्सले वितरण गर्ने लाभांश प्राप्त गर्न तथा फाइनान्सको साधारण सभामा सहभागिता जनाउन सक्नेछन्  ।