ज्योति लाइफ इन्स्योरेन्सको साधारण सभा फागुन ६ मा, १० प्रतिशत बोनस लाभांश पारित हुने

ज्योति लाइफ इन्स्योरेन्सको साधारण सभा फागुन ६ मा, १० प्रतिशत बोनस लाभांश पारित हुने


बैंकिङ्ग समाचार, काठमाडौं ।
ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले चौथो वार्षिक साधारण सभा फागुन ६ गते गर्ने भएको छ ।

सभा वाटर रिसोेर्ट लेकसाइड पोखरा १८ कास्कीमा बिहान ११ बजे शुरु गर्ने जानकारी गराएको हो । सभाले १० प्रतिशत बोनस शेयर र शून्य दशलमव ५२६३ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । 

त्यसैगरी, सभाले २०७६/७७ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र आव २०७७/७८ को लागि लेखापरीक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ । 

त्यसैगरी, कम्पनीले आव २०७६/७७ मा काभिड १९ पीडितको उपचारको लागि सहयोग स्वरुप नेपाल सरकारलाई प्रदान गरेको आर्थिक सहायता बापतको रकम रू. ७ लाख ५० हजारलाई कम्पनी ऐन बमोजिम अनुमोदन गर्ने प्रस्ताव पनि पारित गर्नेछ । 

साधारण सभा प्रयोजनको लागि कम्पनीले माघ २३ गते बुक क्लोज गरेको छ । यस आधारमा माघ २३ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् ।