गुडवील फाइनान्सका शेयरधनीको बैंक खातामा नगद लाभांश जम्मा

गुडवील फाइनान्सका शेयरधनीको बैंक खातामा नगद लाभांश जम्मा


बैंकिङ्ग समाचार, काठमाडौं ।
गुडवील फाइनान्सले शेयरधनीको बैंक खातामा नगद लाभांश जम्मा गरिदिएको छ । 

कम्पनीले पुस २९ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित ३ दशमलव ९ प्रतिशत नगद लाभांश पुस १५ गतेसम्म हितग्राही खातामा बैंक खाता अद्यावधिक गराएका शेयरधनीको बैंक खातामा जम्मा गरिदिएको हो । 

पुस १५ गतेपछि बैंक खाता अद्यावधिक गराएका शेयरधनीको हकमा पनि क्रमशः बैंक खातामा नै नगद लाभांश जम्मा हुने जानकारी गराएको छ । साथै हालसम्म पनि शेयर आभौतिकीकरण नगराएका शेयरधनीकाले यथाशिघ्र डिम्याट खाता खोलेको सम्बन्धित निक्षेप सदस्यकोमा सम्र्पक गरी शेयर प्रमाणपत्र अभौतिकरण गर्न अनुरोध गरेको छ । 

त्यसपछि नेपाल क्लियरिङ हाउस अन्तर्गत आईपीएस सदस्यता प्राप्त बैंक तथा वित्तीय संस्थामा रहेको बैंक खाता नम्बर सहितको विवरण अद्यावधिक गराएपछि नगद लाभांश शेयरधनीको बैंक खातामा नै जम्मा हुनेछ । 

कम्पनीको शेयर रजिष्ट्रार एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।