आरएसडीसी लघुवित्तको खुद व्याज आम्दानी १८ प्रतिशतले बढेपनि नाफा भने ६.५६ प्रतिशतले घट्यो

आरएसडीसी लघुवित्तको खुद व्याज आम्दानी १८ प्रतिशतले बढेपनि नाफा भने ६.५६ प्रतिशतले घट्यो


बैंकिङ्ग समाचार, काठमाडौं ।
आरएसडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्ष २०७८/७९ को दोश्रो त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरण प्रकाशित गरेको छ ।

उक्त विवरण अनुसार चालु आर्थिक वर्षको दोश्रो त्रैमाससम्म आइपुग्दा संस्थाले ४ करोड ८९ लाख १९ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । यो नाफा रकम गत वर्षको सोही अवधिको तुलनामा ६.५६ प्रतिशतले कम हो । गत वर्षको यसै अवधिमा संस्थाले ५ करोड २३ लाख ५५ हजार रूपैयाँ खुद नाफा आर्जन गरेको थियो।

समिक्षा अवधिसम्म संस्थाको खुद व्याज आम्दानी भने १८.७९ प्रतिशतले बढेर ९ करोड ४३ लाख ८३ हजार रूपैयाँ पुगेको छ । गत वर्षको यसै अवधिमा संस्थाको खुद व्याज आम्दानी ७ करोड ९४ लाख ५५ हजार रूपैयाँ रहेको थियो ।

दोश्रो त्रैमाससम्म आइपुग्दा संस्थाको सञ्चालन मुनाफा ६.७९ प्रतिशतले घटेर ६ करोड ९६ लाख ४८ हजार रूपैयाँ पुगेको छ । गत वर्ष संस्थाको यस्तो नाफा ७ करोड ४७ लाख २५ हजार रुपैयाँ थियो । 

त्यस्तै, संस्थाको चुक्ता पुँजी ८० करोड ५१ लाख ५५ हजार रुपैयाँ र जगेडा कोषमा ७ करोड ७७ लाख ६९ हजार रुपैयाँ सञ्चित रहेको छ । संस्थाको  प्रतिसेयर आम्दानी (ईपीएस) १२ रुपैयाँ १५ पैसा रहेको छ । संस्थाको प्रतिसेयर नेटवर्थ ११५ रुपैयाँ ५६ पैसा रहेको छ ।