नेशनल लाईफ इन्स्योरेन्सले गर्यो २० प्रतिशतको आकर्षक लाभांश प्रस्ताव

नेशनल लाईफ इन्स्योरेन्सले गर्यो २० प्रतिशतको आकर्षक लाभांश प्रस्ताव


बैंकिङ्ग समाचार, काठमाडौं ।
नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट सेयरधनीहरुलाई आकर्षक लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

कम्पनीको माघ १२ गते बुधबार सम्पन्न सञ्चालक समितिको बैठकले सेयरधनीहरूलाई चुक्ता पूँजीको १९ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १ प्रतिशत नगद लाभांश गरी कूल २० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

उक्त प्रस्तावित लाभांश नियामक निकाय बीमा समितिबाट स्वीकृत भई र कम्पनीको आगामी साधारण सभाबाट पारित गरेपाश्चत मात्र लगानीकर्ताले पाउनेछन् । 

हाल कम्पनीको चुक्ता पूँजी ३ अर्ब ३९ करोड ८ लाख ८९ हजार २०३ रुपैयाँ रहेको छ । प्रस्तावित ६४ करोड ४२ लाख ६८ हजार ९४९ रुपैयाँ बोनस सेयर वितरणपछि इन्स्योरेन्सको चुक्ता पूँजी ४ अर्ब ३ करोड ५१ लाख ५८ हजार १५२ रुपैयाँ पुग्नेछ । यस्तै कम्पनीको कर प्रयोजनका लागि ३ करोड ३९ लाख ८ हजार ८९२ रुपैयाँ नगद लाभांश पनि वितरण गर्नेछ ।

अघिल्लो आर्थिक वर्ष २०७५/७६ बाट कम्पनीले लगानीकर्तालाई १० प्रतिशत बोनस सेयर र कसर प्रयोजनका लागि ०.५३ नगद लाभांश वितरण गरेको थियो । समीक्षा अवधिमा ९ प्रतिशतले बाेनस सेयर बढेकाे हाे ।