हकप्रद निष्काशन प्रयोजनार्थ शिखर इन्स्योरेन्सको बुक क्लोज माघ २१ गते

हकप्रद निष्काशन प्रयोजनार्थ शिखर इन्स्योरेन्सको बुक क्लोज माघ २१ गते


बैंकिङ्ग समाचार, काठमाडौं ।
शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले हकप्रद शेयर निष्काशन प्रयोजनार्थ बुकक्लोज मिति तोकेको छ।

इन्स्योरेन्सले १ बराबर ०.३ अनुपातमा हकप्रद शेयर निष्काशन गर्न लागेको हो। यस अनुसार इन्स्योरेन्सले ५२ हजार ७५ लाख ५७ हजार २०० रुपैयाँ बराबरको ५२ लाख ७५ हजार ५७२ कित्ता शेयर निष्काशन गर्नेछ।

सोही प्रयोजनार्थ इन्स्योरेन्सले माघ २१ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ। यस अनुसार माघ २० गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले इन्स्योरेन्सको हकप्रद शेयरमा आवेदन दिन सक्नेछन्।

२०७७ माघ ९ गते सम्पन्न इन्स्योरेन्सको पन्ध्रौँ तथा सोह्रौँ वार्षिक साधारण सभाले सो दरमा हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव पारित गरेको थियो।