सिटिजन्स बैंकको ३० हजार कित्ता संस्थापक शेयर विक्रीमा

सिटिजन्स बैंकको ३० हजार कित्ता संस्थापक शेयर विक्रीमा


बैंकिङ्ग समाचार, काठमाडौं ।
सिटिजन्स बैंक इन्टरनेशनलले ३० हजार कित्ता संस्थापक शेयर विक्री गर्ने भएको छ । 

कम्पनीले बिहीवार एक सूचना जारी गर्दै संस्थापक शेयरधनी मिलन थापाको नाममा रहेको उक्त शेयर विक्री गर्ने जानकारी गराएको हो । शेयरको मूल्य प्रतिकित्ता रू. १४३ मा विक्री गर्न स्वीकृतिको लागि निवेदन परेको छ । 

उक्त शेयर खरीद गर्न इच्छुक यस कम्पनीका हाल कायम रहेका संस्थापकहरुले यो सूचना प्रकाशित गरेको आजको मितिले ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय, नारायणहिटी पथमा निवेदन पेश गर्न अनुरोध गरेको छ । 

उक्त समय अवधिमा शेयर खरीद गर्न निवेदन नआएमा अन्य व्याक्ति संघ संस्थालाई विक्री गर्ने कम्पनीले जानकारी गराएको हो ।