सानिमा बैंकको नवनियुक्त सीईओ पाण्डेद्धारा पदभार ग्रहण

सानिमा बैंकको नवनियुक्त सीईओ पाण्डेद्धारा पदभार ग्रहण


बैंकिङ्ग समाचार, काठमाडौं ।
सानिमा बैंकको नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा निश्चलराज पाण्डेले आज (माघ १२ गते) देखि कार्यभार सम्हालेका छन् ।

तत्कालीन बैंकका सीईओ भुवन कुमार दाहाल माघ ११ गतेबाट अवकाश भएपछि पाण्डेले आजदेखि प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी लिएका हुन् । नेपाल राष्ट्र बैंकको व्यवस्था अनुसार लगातार दुई कार्यकाल भन्दा बढी सीइओ बन्न नपाइने व्यवस्था अनुसार दाहाल सानिमाबाट बाहिरिएका हुन् । 

बैंक सञ्चालक समितिको पुस २ गते बसेको बैठकले पाण्डेलाई २०७८ माघ १२ गतेदेखि लागू हुने गरी प्रमुख कार्यकारी अधिकृत नियुक्त गरेको थियो । पाण्डे २०७० सालदेखि सानिमा बैंकमा कार्यरत छन् । उनी २०७८ असोजदेखि नायव प्रमुख कार्यकारी अधिकृतको भुमिकामा थिए । 

पाण्डेसँग साढे २ दशक लामो बैंकिङ्ग क्षेत्रमा अनुभव छ ।