धौलागिरी लघुवित्तले ३ लाख कित्ता आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा सनराइज क्यापिटल

धौलागिरी लघुवित्तले ३ लाख कित्ता आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा सनराइज क्यापिटल


बैंकिङ्ग समाचार, काठमाडौं ।
धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएकाे छ । संस्थाले ३ लाख कित्ता साधारण सेयर निष्कासन गर्नको लागि सनराइज क्यापिटल लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेकाे छ ।

उक्त कार्यको लागि संस्थाको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मीन बहादुर बोहरा तथा सनराइज क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत विजय लाल श्रेष्ठले आज सनराइज क्यापिटल लिमिटेड, कमलपाेखरी, काठमाडाैँमा द्धिपक्षीय सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

संस्थाकाे हाल चुक्ता पूँजी ७ करोड रहेकोमा सार्वजनिक सेयर निष्कासन भएपश्चात् १० करोड रूपैयाँ चुक्ता पूँजी कायम हुनेछ । धौलागिरी लघुवित्त वित्तीय संस्था लिमीटेड राष्ट्रिय स्तरको लघुवित्त वित्तीय संस्थाको ईजाजपत्र प्राप्त गरी ०७५ साल फागुन १ गतेदेखी वित्तीय कारोबार गर्दै आईरहेको छ ।