मञ्जुश्री फाइनान्सका शेयरधनीको बैंक खातामा नगद लाभांश जम्मा

मञ्जुश्री फाइनान्सका शेयरधनीको बैंक खातामा नगद लाभांश जम्मा


बैंकिङ्ग समाचार, काठमाडौं ।
मञ्जुश्री फाइनान्स कम्पनीले शेयरधनीको बैंक खातामा नगद लाभांश पठाएको छ । 

कम्पनीले पुस २९ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित ६ प्रतिशत नगद लाभांश पुस १४ गतेसम्म हितग्राही खातामा बैंक खाता अद्यावधिक गराएका शेयरधनीको बैंक खातामा पठाएको हो । सो मिति पश्चात बैंक खाता अद्यावधिक गराएको शेयरधनीको हकमा पनि क्रमशः नगद लाभांश जम्मा गरिदिने जानकारी गराएको छ । 

हालसम्म पनि शेयर अभौतिकीकरण नगरेका शेयरधनीले यथाशिघ्र डिम्याट खाता खोलेको सम्बन्धित निक्षेप सदस्यकोमा सम्र्पक गरी आईपीएस सदस्यता प्राप्त कुनै पनि बैंक तथा वित्तीय संस्थामा रहेको खाता नम्बर सहितको विवरण अद्यावधिक गराउन अनुरोध गरेको छ । त्यसपछि शेयरधनीको बैंक खातामा नै नगद लाभांश जम्मा हुनेछ ।

कम्पनीको शेयर रजिष्ट्रार एनआइबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।