हिमालयन बैंक लिमिटेडको दोश्रो त्रैमासको वित्तिय विवरण सार्वजनिक

हिमालयन बैंक लिमिटेडको दोश्रो त्रैमासको वित्तिय विवरण सार्वजनिक


बैंकिङ्ग समाचार,काठमाडौं । 
हिमालयन बैंक लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण बुधवार सार्वजनिक गरेको छ । उक्त विवरण  अनुसार बैंकको खुद नाफा गत वर्षभन्दा यस वर्ष १३ दशमलव ८० प्रतिशत बृद्धि भएको छ । गत वर्ष रू। ६५ करोड ३२ लाखभन्दा बढी खुद नाफा गरेको बैंकले यस वर्ष रू। ७४ करोड ३४ लाखभन्दा बढी यो नाफा गरेको हो । 

यस वर्ष बैंकको सञ्चालन मुनाफा भने ७ दशमलव ६६ प्रतिशत बृद्धि भएको छ । गत वर्ष रू। ९८ करोड ६४ लाखभन्दा बढी सञ्चालन नाफा गरेको बैंकले यस वर्ष रू। १ अर्ब ६ करोड २० लाखभन्दा बढी यो नाफा गरेको हो । चालू आवको दोस्रो त्रैमाससम्म बैंकको वितरण योग्य नाफा भने रू। २४ करोड ५१ लाखभन्दा बढी छ । गत वर्ष यस अवधिसम्म बैंकको वितरणयोग्य नाफा रू। ३९ करोड १३ लाखभन्दा बढी थियो ।

गत आर्थिक वर्षको मुनाफाबाट २१ दशमलव ३८ प्रतिशत बोनस शेयर वितरण गरी बैंकले चुक्तापूँजी रू। १२ अर्ब ९६ करोड ८७ लाखभन्दा बढी कायम गरेको छ । यो पूँजी गत असार मसान्तसम्म रू। १० अर्ब ६८ करोड ४४ लाख रहेको थियो । बैंकको जगेडा कोष रकम पनि ६ महिनामा रू। २१ दशमलव ७० प्रतिशत कम कायम भएको छ । गत असार मसान्तसम्म रू। ९ अर्ब ४४ करोड ८३ लाखभन्दा बढी रहेको जगेडा कोष (रिटेन्ड अर्निग) सहित रकम पुस मसान्तसम्म रू। ७ अर्ब १५ करोड १२ लाखमा सिमिति भएको हो । यस अवधिसम्म बैंकको रिटेन्ड अर्निग रू। २४ करोड ७१ लाखभन्दा बढी र जगेडा कोष रू। ७ अर्ब १५ करोड १२ लाखभन्दा बढी छ । 

गत असार मसान्तको तुलनामा बैंकले १७ दशमलव ३७ प्रतिशत बढी रू। १ खर्ब ६५ अर्ब ५१ करोड २६ लाख निक्षेप संकलन गरेको छ भने १९ दशमलव ५४ प्रतिशत बढी रू। १ खर्ब ५० अर्ब ६७ करोड ९० लाख कर्जा प्रवाह गरेको छ । बैंकको निष्क्रिय कर्जा गत वर्ष २ दशमलव १३ प्रतिशत रहेकोमा यस वर्ष घटेर शून्य दशमलव ७२ प्रतिशत कायम भएको छ । बैंकको प्रतिशेयर आम्दानी रू। ११ दशमलव ४७ र प्रतिशेयर नेटवर्थ रू। १५७ दशमलव ०५ छ ।