ज्योति विकास बैंकले नगद लाभांश जम्मा गरिदियो शेयरधनीको बैंक खातामा

ज्योति विकास बैंकले नगद लाभांश जम्मा गरिदियो शेयरधनीको बैंक खातामा


बैंकिङ्ग समाचार, काठमाडौं ।
ज्योति विकास बैंकले शेयरधनीको बैंक खातामा नगद लाभांश जम्मा गरिदिएको छ । कम्पनीले पुस २३ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारीत ४ दशलमव ५ प्रतिशत नगद लाभांश बैंक खातामा जम्मा गरिदिएको हो । 

पुस ८ गते सम्म हितग्राही खातामा बैंक खाता अद्यावधिक गराएका शेयरधनीको हकमा बैंक खातामानै नगद लाभांश जम्मा भएको र सो मिती पश्चात बैंक खाता अद्यावधिक गराएका शेयरधनीको  पनि क्रमश बैंक खातामानै नगद लाभांश जम्मा गरिदिने जानकारी गराएको छ । 

साथै हालसम्म पनि शेयर अभौतिकीकरण नगरेका शेयरधनीले यथाशिघ्र डिम्याट खाता खालेको सम्बन्धीत निक्षेप सदस्यकोमा सम्र्पक गरी शेयर प्रमाणपत्र अभौतिकीकरण गरी नेपाल क्यिरिङ्ग हाउस अन्र्गत आइपीएस सदस्य प्राप्त कुनै पनि बैंक तथा वित्तीय संस्थामा रहेको खाताको विवरण अद्यावधिक गराउनुपर्नेछ । त्यसपछि नगद लाभांश स्वयम शेयरधनीको बैंक खातामानै जम्मा हुनेछ । शेयर रजिष्ट्रार एनआइबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।