गुराँस लघुवित्तद्वारा बोनस शेयर शेयरधनीको हितग्राही खातामा जम्मा

गुराँस लघुवित्तद्वारा बोनस शेयर शेयरधनीको हितग्राही खातामा जम्मा


बैंकिङ्ग समाचार, काठमाडौं । 
गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडले शेयरधनीको हितग्राही खातामा बोनस शेयर जम्मा गरिदिएको छ । 

कम्पनीले गत कात्तिक २२ गते सम्पन्न छैठौं साधारण सभाबाट पारित १६ दशमलव ९० प्रतिशत बोनस शेयर शेयरधनीको हितग्राही खातामा जम्मा गरिदिएको हो ।

कम्पनीले कात्तिक ७ कायम शेयरधनीहरुको हितग्राही खातामा उक्त बोनस शेयर जम्मा गरिदिएको जानकारी दिएको छ । 

कम्पनीको शेयर रजिष्ट्रारमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।