नारायणी डेभलपमेन्ट बैंकको हकप्रदमा आवेदन गर्ने आज अन्तिम दिन

नारायणी डेभलपमेन्ट बैंकको हकप्रदमा आवेदन गर्ने आज अन्तिम दिन


बैंकिङ्ग समाचार, काठमाडौं । 
नारायणी डेभलपमेन्ट बैंकको शतप्रतिशत हकप्रद शेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । उक्त हकप्रद खरीदका लागि कम्पनीले शुुरुमा पुस ७ गतेदेखि २७ गतेसम्म विक्रीको मिति तय गरेकोमा उक्त समयमा पूर्ण आवेदन नपरेपछि माघ १२ गतेसम्मको मिति थप गरिएको हो ।

कम्पनीले मंसिर २४ गते हकप्रद शेयर प्रयोजनका लागि बुक क्लोज गरेकाले मंसिर २३ गतेसम्म कायम शेयरधनीहरुले मात्र यो हकप्रद शेयरमा आवेदन दिन सक्नेछन् ।

कम्पनीले १ बराबर १ को अनुपातमा रू. १३ करोड १२ लाख ३३ हजार ८०० बराबरको १३ लाख १२ हजार ३३८ कित्ता हकप्रद शेयर विक्री खुला गरेको हो । हाल रू. १३ करोड १२ लाख ३३ हजार ८०० चुक्तापूँजी रहेको कम्पनीको हकप्रद शेयर निष्कासन पछियो पूँजी रू. २६ करोड २४ लाख ६७ हजार ६०० पुग्नेछ ।

यो हकप्रद शेयर विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तीनका शाखा कार्यालयबाट आवेदन दिन सकिने व्यवस्था छ ।

साथै मेरो शेयर प्रयोगकर्ताहरुले सोमार्फत पनि आवेदन दिन सक्नेछन् । यो हकप्रद शेयरलाई इक्रा नेपालले वित्तीय दायित्व पुरा गर्न उच्च जोखिम रहेको संकेत गर्ने इक्राएनपी इस्यूअर सिंगल सी प्लस रेटिङ प्रदान गरेको छ ।