एशियन लाइफ इन्स्योरेन्सको सेयर मूल्य समायोजन

एशियन लाइफ इन्स्योरेन्सको सेयर मूल्य समायोजन


बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बुधवार एशियन लाइफ इन्स्योरेन्सको बोनस शेयरको मूल्य समायोजन गरेको छ । कम्पनीले साधारण सभा प्रयोजनको लागि माघ १२ गते बुकक्लोज गर्ने निर्णय गरेकोले नेप्सेले आज मूल्य समायोजन भएको हो ।

२५ प्रतिशत बोनस समायोजनपछि कम्पनीको सेयर मूल्य प्रतिकित्ता १०५७.६० रुपैयाँ कायम भएको छ । समायोजन अघि कम्पनीको सेयर मूल्य प्रति कित्ता १३२२ रुपैयाँ रहेको थियो ।

कम्पनीले साधारण सभा प्रयोजनको लागि माघ १२ गते बुकक्लोज गर्ने निर्णय गरेकोले माघ ११ गते कायम सेयरधनीले मात्र सभामा भाग लिन तथा प्रस्तावित लाभांश पाउनसक्ने छन् । कम्पनीले माघ २१ गते शुक्रबार सभा आह्वान गरेको छ ।