ग्रीन डेभलपमेन्ट बैंकको खुद नाफा ३८% घट्यो

ग्रीन डेभलपमेन्ट बैंकको खुद नाफा ३८% घट्यो


बैंकिङ्ग समाचार, काठमाडौं ।
ग्रीन डेभलपमेन्ट बैंकले चालू आवको दोस्रो त्रैमासिक वित्तीय विवरण मंगलवार सार्वजनिक गरेको छ ।

उक्त वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा गत आवको दोस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा ३८ प्रतिशत घटेको हो । 

कम्पनीले गत आवको दोस्रो त्रैमाससम्ममा रू. २९ लाख ४४ हजार खुद नाफा कमाएको चालू आवको सोही अवधिमा घटेर रू. १८ लाख ५ हजारमा झरेको हो । 

चालू आवको दोस्रो त्रैमासमा कम्पनीको सञ्चालन नाफा घटेसँगै नाफा पनि घटेको हो । सञ्चालन नाफा गत आवको दोस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा ५० प्रतिशतले कमी आएको छ । नाफा घटेसँगै प्रतिशेयर आम्दानी पनि गत आवको दोस्रो त्रैमासमा रू. १ दशमलव १८ रहेकोमा चालू आवको सोही अवधिमा ७० पैसामा झरेको हो । 

त्यसैगरी, कम्पनीको चुक्तापूँजी रू. ५१ करोड ९० लाख रहेको छ भने जगेडामा रू. २ करोड ९० लाख ९७ हजार र रिटेन्ड अर्निङमा रू. ८४ लाख १३ हजार सञ्चित गरेको छ । 

चालू आवको दोस्रो त्रैमाससम्ममा कम्पनीले रू. २ अर्ब ८ करोड ३८ लाख निक्षेप संकलन गरेर रू. २ अर्ब २३ करोड २९ लाख ८६ हजार कर्जा लगानी गरेको हो ।