कर्णाली डेभलपमेन्ट बैंकले दोस्रो त्रैमाससम्ममा बेहोह्यो डेढ करोड बढि घाटा

कर्णाली डेभलपमेन्ट बैंकले दोस्रो त्रैमाससम्ममा बेहोह्यो डेढ करोड बढि घाटा


बैंकिङ्ग समाचार,काठमाडौं ।
कर्णाली डेभलपमेन्ट बैंकले चालू आवको दोस्रो त्रैमासिक वित्तीय विवरण सोमवार सार्वजनिक गरेको छ । 

उक्त वित्तीय विवरण अनुसार कम्पनी चालू आवको दोस्रो त्रैमाससम्ममा रू. १ करोड ६३ लाख ९६ हजार नोक्सानीमा रहेको छ । गत आवको दोस्रो त्रैमासमा कम्पनीले रू. १ करोड ८३ लाख नाफा कमाएको थियो । चालू आवको दोस्रो त्रैमासमा कम्पनीको खर्चमा वृद्धि भई सञ्चालन नाफा ऋणात्मक रहेकाले नोक्सानीमा गएको हो । 

कम्पनीले चालू आवको दोस्रो त्रैमाससम्ममा रू. ६ करोड ७८ लाख खुद ब्याज आम्दानी गरेको हो । यो आम्दानी गत आवको दोस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा ५ प्रतिशत वृद्धि भएको हो । गत आवको दोस्रो त्रैमाससम्ममा कम्पनीको खुद ब्याज आम्दानी रू. ६ करोड ४३ लाख ३६ हजार थियो । 

त्यसैगरी, कम्पनीले चालू आवको दोस्रो त्रैमाससम्ममा रू. ४ अर्ब ५२ करोड  ७४ लाख २८ हजार निक्षेप संकलन गरेर रू. ३ अर्ब २३ करोड ९५ लाख७९ हजार कर्जा लगानी गरेको हो ।

चुक्तापूँजी रू. ५० करोड २८ लाख ३० हजार रहेको कम्पनीले जगेडामा रू. ५ करोड ३१ लाख २७ हजार, रिटेन्ड अर्निङमा रू. ४ करोड ४ लाख ५३ हजार र शेयर प्रिमियममा रू. १२ लाख ५२ हजार सञ्चित गरेको छ । 

त्यसैगरी, कम्पनीको वितरणयोग्य नाफा पनि रू. ५ करोड ३५ लाख ४३ लाख ऋणात्मक रहेको छ ।