नेप्सेमामा उच्च अंकको गिरावट, करेक्सन की बियरीस ट्रेन्डको सुरुवात

नेप्सेमामा उच्च अंकको गिरावट, करेक्सन की बियरीस ट्रेन्डको सुरुवात


बैंकिङ्ग समाचार,काठमाडौं ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको कारोबारको दोस्रो दिन आज सोमबार उच्च अंकले घटेको छ ।  आज नेप्से १००.१० अंकले घटेर दुई हजार ८ सय २० दशमलब ४१ विन्दुमा रोकिएको हो । त्यस्तै, आज कूल २२८ वटा कम्पनीको १ करोड ७० लाख ६३ हजार ८ सय ३३ कित्ता सेयर खरिदबिक्री हुँदा ८ अर्ब ८८ करोड ८५ लाख १३ हजार १ सय ७७ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।

कारोबार भएका कूल १३ उपसमूहमध्ये आज सबै उपसमूहहरुको सेयर घटेको छ । आज सबैभन्दा धेरै डेभलपमेन्ट समूहको सेयर घटेको छ । बजार घट्दा कारोबार रकममा अपि पावर कम्पनी लिमिटेड अब्बल देखिएको छ । आज कम्पनीको ३८ करोड ३४ लाख २४ हजार १ सय ५२ रूपैयाँको कारोबार भएको छ ।

नेप्सेका अनुसार आज दुई कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । शेयरमूल्यमा उच्च वृद्धि हुने कम्पनीहरुमा वीन नेपाल लघुवित्त वित्तीय संस्था र बुद्धभुमि नेपाल हाइड्रोपावर कम्पनी रहेको छ । आज यी दुबै कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।  वीन नेपाल लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य बढेर आज प्रतिकित्ता १००५.५० रुपैयाँ पुगेको छ भने बुद्धभुमि नेपाल हाइड्रोपावर कम्पनीको शेयरमूल्य प्रतिकित्ता ३८२.९० रुपैयाँ पुगेको छ ।   

त्यस्तै, कर्णाली डेभलपमेन्ट बैंक, माउन्टेन हाइड्रो नेपाल, आशा लघुवित्त वित्तीय संस्था र ओरियन्टल होटल नेपालको शेयरमूल्यमा सर्वाधिक गिरावट आएको छ । आज यी कम्पनीको शेयरमूल्य ७ प्रतिशत भन्दा बढीले घटेको छ । कारोबारको आधारमा आज सबैभन्दा बढी अपी पावर कम्पनीको भएको छ । यस कम्पनीको आज ३८ करोड ३४ लाख भन्दा बढीको कारोबार भएको छ ।