१० अर्बको ऋणपत्र निष्काशन गर्दै राष्ट्र बैंक

१० अर्बको ऋणपत्र निष्काशन गर्दै राष्ट्र बैंक


बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल राष्ट्र बैंकले १० अर्बको विकास ऋणपत्र निष्काशन गर्ने भएको छ । बैंकले आज एक विज्ञप्ति निकाल्दै दुई बर्षको लार्गि  विकाश ऋणपत्र २०८० (ङ)’ नामक ऋणपत्र निष्काशन गरेको हो ।  

ऋणपत्रलाई खरिद गर्न इच्छुक बैंक तथा वित्तिय संस्था, गैर–बैंक, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले खरिद गर्न सकिने छ । खरिदकर्ताले राष्ट्र बैंकको ऋण व्यवस्था विभागमा आवेदन दिन सकिने छ । यो ऋणपत्र धितो राखी कर्जा लिन, दिन सकिने बैंकको विज्ञप्तिमा उल्लेख गरेको छ । व्याजदर बोलकबोल माध्यमबाट नै निर्धारण गरिने र उक्त ऋणपत्रको लागि माघ ११ गते मंगलबार अपरान्ह २ बजेको समय तोकिएको छ, भने उक्त ऋणपत्रको साँवा २०८० साल माघ १२ गते भुक्तनी हुने छ ।

उक्त बोलकबोलमा प्रतिस्पर्धी र अप्रतिस्पर्धीको रुपमा सहभागि हुनसकिने छ । निष्काशित रकमको ८५ र १५ प्रतिशत अर्थात ८.५० अर्ब र १.५० अर्ब रकम गरी दुई भागमा क्रमशः प्रतिस्पर्धी र अप्रतिस्पर्धी खरीदकर्तालाई छुट्याइएको छ । 

अप्रतिस्पर्धी बोलवालाहरुलाई छुट्याएको रकमको लागि पुरा बोल प्राप्त नभएमा बाँकी हुन आउने रकम प्रतिस्पर्धी बोलवालाहरुलाई विक्री गरिने छ । अप्रतिस्पर्धी बोलवालाहरु लाई छुट्याएको भन्दा बढी रकम बोल आएमा समानुपातिक रुपमा ऋणपत्रको रकम विभाजन गरिने बैंकले जनाएको हो ।

\"61ee5263e02c2.jpg\" \"61ee527026c28.jpg\"