आइएमई जनरल इन्स्योरेन्सद्वारा शेयरधनीलाई हकप्रद शेयर बापतको रकम जम्मा गर्न अनुरोध

आइएमई जनरल इन्स्योरेन्सद्वारा शेयरधनीलाई हकप्रद शेयर बापतको रकम जम्मा गर्न अनुरोध


बैंकिङ्ग समाचार,काठमाडौं ।
आइएमई जनरल इन्स्योरेन्स कम्पनीले सञ्चालक लगायत आधारभूत शेयरधनीहरुलाई हकप्रद शेयर बापतको रकम जम्मा गर्न अनुरोध गरेको छ । 

सर्वसाधारण शेयरधनीलाई हकप्रद शेयर निष्कासन गर्नुपूर्व धितोपत्र निष्कासन तथा बाँडफाँट निर्देशिका बमोजिम सञ्चालक लगायत आधारभूत शेयरधनीहरुलाई चुक्तापूँजीको एक प्रतिशत र सो भन्दा बढी शेयर धारण गर्ने शेयरधनीले आफ्नो हक हिस्सामा पर्न आउने हकप्रद शेयर बापतको रकम बुझाउन अनुरोध गरेको हो । 

आफ्नो हक हिस्सामा पर्न आउने हकप्रद शेयर बापतको रकम फागुन २ गतेसम्म सञ्चालक लगायत आधारभूत शेयरधनीले बुझाउन सक्नेछन् । शेयरधनीले कम्पनीको ग्लोबल आइएमई बैंककमा रहेको ०१०१०१०००५८६० खाता नम्बरमा आफ्नो हक हिस्सामा पर्न आउने हकप्रद शेयर बापतको रकम जम्मा गर्न सक्नेछन् ।