मेगा बैंकमा गाभिएका पूर्व बैंंकका शेयरधनीलाई लाभांश लिन मेगा बैंकको अनुरोध

मेगा बैंकमा गाभिएका पूर्व बैंंकका शेयरधनीलाई लाभांश लिन मेगा बैंकको अनुरोध


बैंकिङ्ग समाचार,काठमाडौं ।
मेगा बैंक नेपालले शेयरधनीलाई पुरानो लाभांश लिन अनुरोध गरेको छ । पश्चिमाञ्चल डेभलपमेण्ट बैंक, टुरिजम डेभलपमेण्ट बेंक र गण्डकी विकास बैंकका विभिन्न साधारण सभाबाट पारित भएको नगद लाभांश हालसम्म पनि बुझिनलिएकोले लिन अनुरोध गरेको हो । 

यो सूचना प्रकाशित गरेको ३५ दिनभित्र कम्पनीको शेयर रजिष्ट्रार मेगा क्यापिटलमा सम्पर्क गरी लाभांश भुक्तानी लिन सक्नेछन् । 

सो अवधिभित्र लाभांश रकम लिन नआएमा पाँच वर्ष पूरा भई भुक्तानी गर्न बाँकी रहेको लाभांश रकम कम्पनी ऐन बमोजिम लगानीकर्ता संरक्षण कोषमा जम्मा हुने जानकारी गराएको छ ।