क्रिप्टोकरेन्सी तथा नेटवर्क मार्केर्टिङ्ग गैरकानुनी – राष्ट्र बैंक

क्रिप्टोकरेन्सी तथा नेटवर्क मार्केर्टिङ्ग गैरकानुनी – राष्ट्र बैंक


बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल राष्ट्र बैंकले क्रिप्टोकरेन्सी तथा नेटवर्क मार्केर्टिङ्ग अन्तरर्गतका कारोबार गैरकानुनी भएको बताउँदै त्यसमा संलग्न हुने लाई कारबाही गर्ने जनाएको छ ।

राष्ट्र बैंकले आइतबार एक विज्ञप्ति जारी गर्दै नेपालमा मुद्राको रुपमा भर्चुअल  करेन्सी वा क्रिप्टोकरेन्सीको कानुनी मान्यता नपाएकोले यसको संलग्न जे–कोहीलाई पनि कारबाही गर्ने जनाएको हो ।

उक्त कारोबारमा सर्वसाधारण ठगिने, अबैधानिक तरिकाले रकम बाहिरिने, स्वीदेशी पूँजी पलायन हुने भएकोले त्यस्ता कारोबार तथा व्यवसायमा संलग्न भई नेपालभित्र बासोबास गर्ने नेपाली तथा विदेशी नागरिक र विदेशमा बस्ने नेपाली नागरिकहरु समेतले त्यस्तो कार्य गरेको-गराएको पाईएमा कानुन बमोजिम कारबाही हुने बैंकको विज्ञप्तिमा उल्लेख गरेको छ ।


\"\"