सञ्चालन मुनाफा घटेको नेपाल बैंकको नाफा भने लगभग ५ प्रतिशतले बढ्यो

सञ्चालन मुनाफा घटेको नेपाल बैंकको नाफा भने लगभग ५ प्रतिशतले बढ्यो


बैंकिङ्ग समाचार,काठमाडौं ।
नेपाल बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा १ अर्ब ४१ करोड ७० लाख रुपैयाँ खुद नाफा कमाएको छ । बैंकले चालू आबको दोस्रो त्रैमासमा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४.९३ प्रतिशत बढी नाफा कमाउन सफल भएको हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब ३५ करोड ४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

बैंकको खुद ब्याज आम्दानी १.८० प्रतिशत बढेको छ भने खुद फि तथा कमिशन आम्दानी ३६.३६ प्रतिशत बढेको छ । बैंकको सञ्चालन मुनाफा भने २०.०८ प्रतिशत घटेको छ । ३८ प्रतिशत इम्पेरमेन्ट चार्ज बढेसँगै बैंकको सञ्चालन मुनाफा घट्न पुगेको हो । पुस मसान्तसम्ममा बैंकको वितरण योग्य मुनाफा ४१ करोड ३ लाख रुपैयाँ रहेको छ ।

बैंकको प्रतिशेयर आम्दानी १९. ६७ पैसा रहेको छ । अघिल्लो यहि अवधिमा प्रतिशेयर आम्दानी २१ रुपैयाँ ३७ पैसा रहेको थियो ।
चालु आर्थिक वर्षको पहिलो ६ महिनामा बैंकको चुक्ता पूँजी १४ प्रतिशत बढेको छ भने जगेडा कोष ३.३१ प्रतिशत घटेको छ । समीक्षा अवधिमा बैंकको निक्षेप १२.३० प्रतिशत र कर्जा २०.४५ प्रतिशत बढेको छ । पुस मसान्तसम्ममा बैंकको मूल्य आम्दानी अनुपात १९.३७ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ २३८ रुपैयाँ १२ पैसा रहेको छ ।