दोस्रो त्रैमासमा गरिमा विकास बैंकको नाफा २५ प्रतिशत बढ्यो, ईपीएस रु. २५ नजिक

दोस्रो त्रैमासमा गरिमा विकास बैंकको नाफा २५ प्रतिशत बढ्यो, ईपीएस रु. २५ नजिक


बैंकिङ्ग समाचार,काठमाडौं ।
गरिमा विकास बैंकले चालू आवको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । 

उक्त वित्तीय विवरण अनुसार कम्पनीको नाफा गत आवको दोस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा २५ प्रतिशत वृद्धि भएको छ । कम्पनीले गत आवको दोस्रो त्रैमाससम्ममा रू. ३९ करोड ३५ लाख नाफा कमाएकोमा चालू आवको सोही अवधिमा वृद्धि भएर रू. ४९ करोड २३ लाख पुगेको हो । 

चालू आवको दोस्रो त्रैमासमा कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफामा वृद्धि भएकाले नाफा बढ्न टेवा पुगेको हो । गत आवको दोस्रो त्रैमासको तुनलामा चालू आवको सोही अवधिमा कम्पनीको खुद ब्याज आम्दानी ३९ प्रतिशत र सञ्चालन नाफा २५ प्रतिशत वृद्धि भएको छ । 

कम्पनीले गत आवको मुनाफाबाट शेयरधनीलाई १६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । यो प्रस्ताव नेपाल राष्ट्र बैंकबाट स्वीकृति पाएपछि र कम्पनीको अगाामी साधारण सभाबाट पारित भएपछि मात्र शेयरधनीले पाउनेछन् । 

चुक्तापूँजी रू. ३ अर्ब ९४ करोड ८१ लाख रहेको कम्पनीले जगेडामा रू.१ अर्ब १२ करोड ७६ लाख, रिटेन्ड अर्निङमा रू. १ अर्ब ३२ लाख र शेयर प्रिमियममा रू. ६७ लाख ६५ हजार सञ्चित गरेको छ । चालू आवको दोस्रो त्रैमाससम्मम कम्पनीले रू. ६५ अर्ब ७५ करोड ३६ लाख  निक्षेप संकलन गरेर रू. ५८ अर्ब ७१ करोड ७३ लाख कर्जा लगानी गरेको हो । 

सो अवधिमा कम्पनीको वितरणयोग्य नाफा रू.३५ करोड ६१ लाख ८८ हजार रहेको छ । त्यसैगरी प्रतिशेयर आम्दानी रू. २४ दशमलव ९७, मूल्य आम्दानी अनुपात २४ दशमलव १३ गुणा, तरलता अनुपात २१ दशमलव ४१ प्रतिशत र प्रतिशेयर नेटवर्थ रू. १५४ दशमलव १४ रहेको छ ।