आईसीएफसी फाइनान्सको नाफा घटेसँगै ईपीएस पनि उल्लेख्य घट्यो

आईसीएफसी फाइनान्सको नाफा घटेसँगै ईपीएस पनि उल्लेख्य घट्यो


बैंकिङ्ग समाचार,काठमाडौं ।
आईसीएफसी फाइनान्स लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार सो अवधिसम्ममा फाइनान्सको खुद नाफा र प्रतिशेयर आम्दानी दुबै घटेको छ ।

चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा फाइनान्सले ९ करोड २६ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २४.४१ प्रतिशत बढी हो । खुद ब्याज आम्दानी बढेपनि अन्य सञ्चालन आम्दानी घट्दा फाइनान्सको नाफा घट्न पुगेको हो ।

समीक्षा अवधिमा फाइनान्सको खुद ब्याज आम्दानी ३२.६६ प्रतिशत बढेको छ भने खुद फि तथा कमिशन आम्दानी ७३.११ प्रतिशत घटेको छ । समीक्षा अवधिमा फाइनान्सको अन्य सञ्चालन आम्दानी भने १५ करोड ३६ लाख रुपैयाँबाट घटेर ४ करोड २९ लाखमा झरेको छ । त्यसैगरी, समीक्षा अवधिमा फाइनान्सको सञ्चालन मुनाफा २४.३२ प्रतिशत घटेको छ । सो अवधिसम्ममा फाइनान्सको वितरण योग्य मुनाफा ५ करोड ८ लाख रुपैयाँ रहेको छ ।

नाफासँगै फाइनान्सको प्रतिशेयर आम्दानी अर्थात ईपीएस पनि घटेको छ । समीक्षा अवधिमा फाइनान्सको प्रतिशेयर आम्दानी २३ रुपैयाँ ९३ पैसाबाट घटेर १६ रुपैयाँ ४४ पैसामा झरेको छ । सो अवधिसम्ममा फाइनान्सको मूल्य आम्दानी अनुपात ४७.१४ गुणा रहेको छ भने १४७ रुपैयाँ ३ पैसा रहेको छ ।

चालु आर्थिक वर्षको पहिलो ६ महिनामा फाइनान्सको चुक्ता पूँजी १०.०४ प्रतिशत बढेको छ भने जगेडा कोष १२.५१ प्रतिशत घटेको छ । सो अवधिमा फाइनान्सको निक्षेप ७.७५ प्रतिशत बढेको छ भने कर्जा २४.०८ प्रतिशत बढेको छ ।