कामना सेवा विकास बैंकको स्थानान्तरित शाखाको समुद्घाटन सम्पन्न

कामना सेवा विकास बैंकको स्थानान्तरित शाखाको समुद्घाटन सम्पन्न


बैंकिङ्ग समाचार, काठमाडौं ।
कामना सेवा विकास बैंक लिमिटेडकोे तनँहु जिल्ला शुक्लागण्डकी नगरपालिका वडा नं. ८ ढोरफिर्दी अवस्थित शाखा कार्यालयलाई ग्राहकहरुकोे माग तथा सुविधालाई मध्यनजर गरी तनँहु जिल्ला शुक्लागण्डकी नगरपालिका वडा नं. ४ दुलेगौडामा शाखा स्थानान्तरण गरिएको छ । स्थानान्तरित दुलेगौडा शाखा कार्यालयको विधिवत् रुपमा आज मिति २०७८ साल माघ ९ गतेको दिन बैंकका सञ्चालक चतुराखर अधिकारी, देवकृष्ण काफ्ले तथा बलराम बरालबाट संयुक्त रुपमा यस समुद्घाटन सु–सम्पन्न भएको छ ।

\"\"

Social Media Banking, Internet Banking, Mobile Banking, SMS Banking जस्ता विभिन्न डिजीटल माध्यमहरुबाट समेत ग्राहकहरुलाई सहज र उत्कृष्ट सेवा प्रदान गर्दै आएको यस बैंकले १२९ वटा शाखा, १ विस्तारित शाखा, १ शाखा रहित बैंकिङ सेवा तथा ७७ वटा ATM मार्फत ग्राहकमहानुभावहरुलाई सेवा प्रदान गर्दै आएको छ ।

\"\"