खुद नाफा गर्नेमा राष्ट्रिय वाणिज्य बैंक चौथो

खुद नाफा गर्नेमा राष्ट्रिय वाणिज्य बैंक चौथो


बैंकिङ्ग समाचार, काठमाडौं ।
सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकलाई चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा तीन निजी वाणिज्य बैंकहरुले खुद नाफामा उछिनेका छन् ।

ग्लोबल आइएमई बैंक, एनआईसी एशिया र नबिल बैंकले दुई अर्बभन्दा बढी नाफा आर्जन गर्दा आरबिबिले चौथो ठूलो नाफा कमाउने बैंक बनेको छ ।

बैंकले ६ महिनामा १ अर्ब ९१ करोड ९५ लाख ५ हजार रुपैयाँ खुद नाफा गरेको छ । गत आवको यसै अवधिमा १ अर्ब ७४ अर्ब ८८ करोड आर्जन गरेको बैंकको नाफा करिब १० प्रतिशतले बढेको हो ।

अपरिष्कृत वित्तीय विवरण अनुसार पुस मसान्तसम्ममा बैंकको वितरण योग्य मुनाफा १ अर्ब ३८ करोड ५५ लाख ८२ हजार रुपैयाँ रहेको छ ।
चुक्ता पूँजी १३ अर्ब ९४ करोड ३ लाख ५९ हजार रुपैयाँ बैंकको वार्षिक प्रतिसेयर आम्दानी २७.५४ रुपैयाँ छ । जगेडा कोषमा १५ अर्ब ८४ करोड ६६ लाख ४९ हजार रुपैयाँ सञ्चित रहेको बैंकको प्रतिसेयर नेटवर्थ २२३.६२ रुपैयाँ छ ।

बैंकको निक्षेप घटेर २० अर्बले घटेर २ खर्ब ४२ अर्ब ५६ करोड ५३ लाख रुपैयाँमा सीमित भएको छ । निक्षेप घटेपनि बैंकको गत आवको यहि अवधिको तुलनामा १८ अर्बले कर्जा लगानी बढेर १ खर्ब ९५ अर्ब ४३ करोड ४२ लाख रुपैयाँ पुगेको छ ।

बैंकले पुस मसान्तसम्ममा ४ अर्ब ५२ करोड ३२ लाख २५ हजार खुद ब्याज आम्दानी र २ अर्ब ४८ करोड ७५ लाख ७५ हजार रुपैयाँ सञ्चालन नाफा कमाएको छ । बैंकको खुद ब्याज आम्दानी १५.६८ प्रतिशत र सञ्चालन नाफा २.९८ प्रतिशतले बढेको हो ।

बैंकको खराब कर्जा अनुपात ३.०६ प्रतिशत, आधार दर ६.६० प्रतिशत, कस्ट अफ फण्ड ४.४३ प्रतिशत, कर्जा निक्षेप अनुपात ८३.५१ प्रतिशत र स्प्रेडदर ३.६१ प्रतिशत छ ।