लुम्बिनी विकास बैंकको ४० हजार कित्ताभन्दा बढी संस्थापक शेयर लिलामीमा

लुम्बिनी विकास बैंकको ४० हजार कित्ताभन्दा बढी संस्थापक शेयर लिलामीमा


बैंकिङ्ग समाचार, काठमाडौं ।
लुम्बिनी विकास बैंक लिमिटेडले ४० हजार कित्ता संस्थापक शेयर माघ ९ गतेदेखि विक्रीमा ल्याएको छ । बैंकले विद्यमान संस्थापक शेयरधनीहरुले मात्र खरिद गर्न पाउने गरी विक्रीमा ल्याएको हो ।

यो शेयर खरिदका लागि विद्यमान संस्थापक शेयरधनीहरुले आगामी ३५ दिनभित्र गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । शेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीहरुले बैंकको केन्द्रिय कार्यालय डिल्लीबजार, काठमाडौंमा निवेदन पेश गर्नुपर्नेछ । 

तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरुबाट आवेदन नपरेमा अन्य व्यक्ति तथा संस्थामा उक्त शेयर विक्री गरिने जानकारी बैंकले दिएको छ ।