२ लाख कित्ता संस्थापक शेयर बिक्री गर्दै नेशनल लाइफ इन्स्योरेन्स

२ लाख कित्ता संस्थापक शेयर बिक्री गर्दै नेशनल लाइफ इन्स्योरेन्स


काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक शेयरधनीको स्वामित्वमा रहेको २ लाख कित्ता संस्थापक आजदेखि बिक्रीमा ल्याएको हो ।

सो शेयर खरिदका लागि अबको ३५ दिनभित्र आवेदन दिनुपर्ने कम्पनीले जनाएको छ । संस्थापक शेयरधनीले काठमाडौं लाजिम्पाटमा रहेको कम्पनीको केन्द्रीय कार्यालयमा पुग्ने गरी आवेदन दिनुपर्नेछ ।

आवेदन दिने समयसम्म शेयर खरिदका लागि आवेदन पेस नभएमा अन्य व्यक्ति तथा कम्पनीलाई सो शेयर बिक्री गरिने कम्पनीले जनाएको छ ।