डोलेश्वर भिलेज रिसोर्टसहित ४ कम्पनीले सेवोनसँग माग्यो आईपीओ निष्काशनका लागि अनुमति


काठमाडौं – नेपाल धितोपत्र बोर्ड (सेवोन) मा ४ कम्पनीले आईपीओ निष्काशनका लागि अनुमति मागेका छन्। यस वर्ष २०८३ को वैशाख १७ गतेसम्ममा विभिन्न क्षेत्रका ४ वटा नयाँ कम्पनीहरूले आइपीओ निष्कासनका लागि बोर्डसमक्ष निवेदन दिएका छन्। 

जसमा होटल तथा पर्यटन क्षेत्रअन्र्तगत डोलेश्वर भिलेज रिसोर्ट एण्ड फार्म हाउस लिमिटेड र केटीएम हस्पिटालिटी लिमिटेडले आईपीओ निष्काशनका लागि आवेदन दिएका छन्। जसमा डोलेश्वरले १६ लाख २० हजार कित्ता शेयर निष्कासन गर्न आवेदन दिएको छ। त्यस्तै, केटीएम हस्पिटालिटीले १५ लाख ५० हजार कित्ता शेयर निष्काशनका लागि आवेदन दिएको छ। 

त्यसैगरी, उत्पादन तथा प्रशोधन क्षेत्रअन्र्तग भगवती स्टिल इन्डस्ट्रिज लिमिटेडले प्रतिकित्ता २३३ मूल्यमा १५ लाख कित्ता आईपीओ निष्काशनका लागि आवेदन दिएको छ, भने यसै क्षेत्रअन्र्तगतको एशियन कंक्रिटो लिमिटेडले १० लाख कित्ता ६२ हजार ५ सय कित्ता साधारण शेयर निष्काशनका लागि आवेदन पेस गरेको छ।