नारायणी डेभलपमेन्ट बैंकले दोस्रो त्रैमाससम्म बेहोर्याे ५९ लाखभन्दा बढी घाटा

नारायणी डेभलपमेन्ट बैंकले दोस्रो त्रैमाससम्म बेहोर्याे ५९ लाखभन्दा बढी घाटा


बैंकिङ्ग समाचार, काठमाडौं ।
चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म नारायणी डेभलपमेण्ट बैंक लिमिटेड रू. ५९ लाख ९८ हजार खुद नोक्सानीमा रहेको छ । गत वर्षको तुलनामा यस वर्ष कम्पनीको खुद नोक्सानीमा कमि आएको हो । 

गत वर्ष यस अवधिसम्म कम्पनी रू. ८४ लाख ४१ हजार खुद नोक्सानीमा रहेको थियो । सञ्चालन घाटा पनि यस वर्ष कम्पनीको घटेको छ । गत वर्ष ८४ लाख २५ हजार सञ्चालन घाटामा रहेको कम्पनी यस वर्ष रू. ५९ लाख ९८ हजार सञ्चालन घाटामा रहेको हो । 

शतप्रतिशत हकप्रद शेयर विक्री गरी चुक्तापूँजी रू. १३ करोड १२ लाख ३३ हजार रहेको कम्पनीको जगेडा कोष रकम रू. १७ करोड ८ लाखभन्दा बढी रहेको छ । शेयर प्रिमियम रकम रू. २९ लाख ५६ हजार रहेको कम्पनीको रिटेन्ड अर्निग रू. २२ करोड ४४ लाखभन्दा बढी नोक्सानीमा रहेको छ ।

कम्पनीले गत वर्षभन्दा यस वर्ष ३ गुणाभन्दा बढी रू. २० करोड ४९ लाख निक्षेप संकलन गरेको छ भने १७ गुणा बढी रू. १७ करोड ८६ लाख कर्जा प्रवाह गरेको छ । दोस्रो त्रैमाससम्म कम्पनीको वितरणयोग्य नाफा रू. २२ करोड ४४ लाख ऋणात्मक रहेको छ । प्रतिशेयर आम्दानी रू. ४ दशमलव ५७ ऋणात्मक रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ रू. ६१ दशमलव ३५ रहेको छ ।