धितोपत्र बोर्डको अध्यक्ष  नियुत्ति प्रक्रिया रद्द



काठमाडौं– नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिसम्बन्धी प्रक्रिया रद्द भएको छ। धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति गर्ने प्रयोजनको निमित्त नाम सिफारिस गर्नको लागि गठन गरिएको सिफारिस समितिको आज बसेको बैठकले धितोपत्र बोर्डको अध्यक्ष नियुक्ती सम्बन्धी सबै प्रक्रिया रद्द गर्ने निर्णय गरेको हो ।

सबै प्रक्रिया रद्द गर्नुको कारण भने खुलाइएको छैन। अध्यक्ष सिफारिस समितिले सर्टलिस्टमा रहेका उम्मेदवारहरूलाई व्यावसायिक कार्ययोजनाको प्रस्तुतीकरण तथा अन्तर्वार्ताका लागि असार पहिलो साता दुई पटकसम्म बोलाउँदा पनि उम्मेदवारहरू अनुपस्थित भएका थिए।

तीन जना सिफारिस गर्नुपर्ने कानूनी बाध्यता भएको तर दुई जना मात्र प्रस्तुतीकरणका लागि उपस्थित भएपछि समितिले महान्याधिवक्ता कार्यालयको समेत राय लिएको थियो । प्रक्रिया अघि बढाउने कि रोक्ने भन्ने अन्योलका बीच शुक्रवार समितिले प्रक्रिया नै रद्द गरेको सूचना निकालेको हो ।