काठमाडौं – अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले पाकिस्तानलाई करिब एक अर्ब २० करोड अमेरिकी डलर उपलब्ध गराउने विषयमा पाकिस्तानी अधिकारीहरूसँग कर्मचारी तहको सम्झौता गरेको छ। उक्त सम्झौता कार्यान्वयनका लागि आइएमएफको कार्यकारी बोर्डको स्वीकृति आवश्यक हुनेछ।
आइएमएफकी वार्ताकार इभा पेट्रोभाले मध्यपूर्व द्वन्द्वको प्रभावका बाबजुद पाकिस्तानी अधिकारीहरूले अर्थतन्त्र व्यवस्थापन गरेको र कडा नीतिले समष्टिगत आर्थिक स्थिरता कायम राख्न सहयोग पुगेको बताए।
बढ्दो मूल्यवृद्धि, उच्च ऊर्जा मूल्य र आपूर्ति अवरोधका कारण पाकिस्तानको कमजोर अर्थतन्त्रमा दबाब कायमै रहेको छ। आइएमएफका अनुसार आर्थिक वर्ष २०२६ को पहिलो तीन त्रैमासिकमा पाकिस्तानको वास्तविक कुल गार्हस्थ्य उत्पादन (जीडीपी) वृद्धि ४ प्रतिशत रहेको छ भने समग्र आर्थिक वृद्धि ३.६ प्रतिशत रहने अनुमान गरिएको छ। पेट्रोभालका अनुसार मेमा उच्च विन्दुमा पुगेको मुद्रास्फीति सेप्टेम्बरमा करिब १०.३ प्रतिशतमा सीमित रहेको छ। उनले मुख्य मुद्रास्फीति नियन्त्रणमा रहेको पनि बताए।






About Us
प्रतिक्रिया