प्रि ओपन सेसनमा नेप्सेमा झिनो सुधार


काठमाडौं – प्रि ओपन सेसनमा नेपाल स्टक एक्सचेन्ज (नेप्से) ०.४१ अंकले बढेर बन्द भएको छ। यस सेसन भरिमा ४४ लाख ६२ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यस्तै, ४५ हजार ३५८ कित्ता शेयर किनबेच भएको छ।

त्यसैगरी, १५ कम्पनीको शेयर मूल्य बढेको छ भने ४३ कम्पनीको शेयर मूल्य घटेको छ। त्यससँगै ६ कम्पनीको शेयर मूल्य स्थिर देखिएको छ।