काठमाडौं – आज शेयर बजार झिनो अंकले बढेर बन्द भएको छ। आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) २.३१ अंकले बढेर बन्द भएको हो। यससँगै बजार २५ सय ७४ दशमलव ६५ को बिन्दुमा पुगेर बन्द भएको छ। यस दिन ३ अर्ब ९३ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।
त्यस्तै, १ करोड १२ लाख ३३ हजार कित्ता शेयर किनबेच भएको छ। आज ३५४ कम्पनीको कारोबार हुँदा १४० कम्पनीको शेयर मूल्य बढेको छ भने २२७ कम्पनीको शेयर मूल्य घटेको छ। त्यस्तै, ११ कम्पनीको शेयर मूल्य स्थिर देखिएको छ।
आज सबैभन्दा बढी घलेम्दी हाइड्रोको शेयर कारोबार भएको छ। आज यस कम्पनीको २६ करोड रुपैयाँको शेयर कारोबार भएको छ। त्यस्तै, हिमाल दोलखा हाइड्रोपावरको १९ करोड २३ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।आज सबैभन्दा बढी कुथेली बुखरी स्मल हाइड्रोका लगानीकर्ताले कमाएका छन्। आज यस कम्पनीका लगानीकर्ताले १५ प्रतिशतका दरले कमाएका हुन्।
त्यस्तै, स्नो रिभर्सका लगानीकर्ताले ६.४० प्रतिशतका दरले कमाएका छन्। त्यस्तै, आज सबैभन्दा बढी गुमाउनेमा आरबीबी क्युचुअल फण्ड–२ का लगानीकर्ता रहेका छन्। आज यस कम्पनीका लगानीकर्ताले ८.०७ प्रतिशतका दरले गुमाएका हुन्।






About Us
प्रतिक्रिया